पुष्पकमल दाहाललाई पार्टी एक ढिक्का बनाउनु मुख्य चुनौती:-

राजनीति

 

बुटवल॥ नेकपाको कार्यकारी अध्यक्ष बनेका पुष्पकमल दाहाल सामु अवसरसँगै चुनौती पनि थपिएका छन् । एमाले र माओवादी केन्द्रको धङधङी र तत्कालिन एमालेमा बनेको गुटगत समस्या चिर्नुपर्ने मुख्य चुनौती अध्यक्ष दाहालसँग छ ।

पार्टी एकताको १८ महिनामा अध्यक्ष दाहालको अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा आफ्नो भूमिका कमजोर भएकोमा गुनासो रहँदै आएको थियो । अध्यक्ष ओली उपचारका लागि सिगापुर जानु बाहेक पार्टीका अधिकाँस बैठक उहाँकै अध्यक्षतामा हुँदैआएको छ । पार्टीका हरेक गतिविधिमा आफनो प्रभावकारी भूमिका हुनुपर्ने मान्यता राख्ने दाहालको चाहना अनुसार सचिवालय बैठकले उहाँलाई कार्यकारी अध्यक्षको हैसियत प्रदान गरेको छ ।

अहिले दाहालका अगाडि विगतदेखि नै गुटमा रमाउने प्रवृतीमा हुर्केको पार्टीलाई मिलाएर बढने चुनौती छ । यसैगरी पार्टी सदस्य मिलाउने, संगठन विस्तार गर्ने, सैद्धान्तिक विचारधाराको ब्याख्या, अनुशासन र विधि प्रकृयालाई कार्यान्वयन गर्ने र पार्टीको एकताको महाधिवेशन गर्ने जस्ता चुनौतीको थुप्रो दाहालका सामु छ ।

संसदीय निर्वाचनमा नेकपाले पाएको जनमतलाई स्थिर राख्न र पार्टीलाई ससतm बनाएर अगाडी बढाउन अध्यक्ष दाहालको अवसर हो । पार्टी भित्र हुर्कदै गएको गुटगत राजनीतिको ब्यावस्थापन गर्न उहाँका सामु चुनौती रहेको राजनीतिका जानकारको भनाई छ ।

दाहाल सत्तारुढ दलको कार्यकारी अध्यक्ष बनेपछि पार्टीभित्रको एकता प्रकृयालाई भावनान्त्मक तथा ब्यावहारिक रुपमा कार्यन्वयन गर्न र प्रतिपक्षलाई समेत सन्तुलनमा राखेर मुलुकको समृद्धीका लागि थप बल पुग्न सक्ने अपेक्षा गरिएको नेकपाका नेताहरु बताउ छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *