प्रवक्ता शर्मा भन्छन् “कूटनीतिक पहलबाट सीमा विवाद समाधान गर्नुपर्छ”:-

Uncategorized

बुटवल – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादको विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताएका छन् । दाङमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अन्य मुद्दा अहिलेको अवस्थामा गौण भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्सा सार्वजनिक गरेकाले यसलाई गम्भीरतापूर्वक सरकारले लिनुपर्ने बताए ।

“सरकारकै नेतृत्वमा यस विषयमा सम्वाद हुनुपर्छ, कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ, यो विषयमा काँग्रेस सरकारको साथमा छ, सरकारले गम्भीर ढङ्गले कूटनीतिक पहल गर्नुपर्छ ’’, शर्माले भने ।

उनले काँग्रेस सरकारमा रहेको बेला पनि भारतीय सेना कालापानीमा भएको र त्यो बेला देशमा विभिन्न समस्या रहेका कारण समस्या समाधान गर्न नसकिएको स्पष्ट पारे ।

‘‘अहिले मुलुकमा दुई तिहाईको सरकार छ, त्यसमा पनि काँग्रेसले समर्थन गरेपछि सबै नेपाली एकठाउँमा उभिएको बेला सीमाविवाद मिलाउनुपर्छ’’, उनले भने, “यो विषयमा प्रतिपक्ष र सिङ्गो देश सरकारको पक्षमा रहेकाले ढिला गर्नु हुँदैन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *