सानै देखि प्रहरी बन्ने सपना देखेका युवाले उचाई नपुगेपछि निकाले यस्तो जुक्ति, प्रहरी अधिकारी पनि छक्क

समाचार

काठमाडौं,८ मंसिर । प्रहरीमा भर्ती भएर देशको सेवा गर्छु भन्दै गएका एक युवाले सामान्य बुद्धि नपुर्याउँदा उनको सपना विचैमा भत्किएको छ । प्रहरीमा भर्ति हुन चाहिने न्युनतम योग्यता नपुगे पछि लगाएको एउटा जुक्तिले फेल खाएको छ । प्रहरीमा जान आफ्नो उचाईले नपुगे पछि नक्कली कपाल लगाएर उचाई बढाएका एउटा युवक समातिएका छन् ।

यो घटना नेपालको भने होइन । भारतको महाराष्ट्र राज्यस्थित प्रहरी एकेडेमीमा एक युवकले प्रहरीमा भर्ती हुन प्रयोग गरेको जुक्तिले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । आफुलाई सानै देखि प्रहरीमा जागीर खान रहर भएको बताउने किसन पाटिल नाम गरेका ती १९ बर्षिय युवकले आफ्नो छोटो उचाईका कारण रहर पुरा गर्न पाएनन् । तर पनि एउटा जुक्ति लगाएर रहर पुरा गर्ने कोशिष गरे । तर उनको त्यो जुक्ति फेल खाएको छ । उचाई बढाउन प्रयोग गरेको बाक्लो नक्कली कपाल परिक्षणका क्रममा फेला परेको छ ।

प्रहरीम भर्ती हुन निश्चित उचाई चाहिने भएपछि उनले उचाई नपुग्ने भएका कारण नक्कली कपालको प्रयोग गरेका थिए । अहिले प्रहरीले उनको कपाल उखेल्यको फोटो समाजिक सञ्जालमा भाईरल भई रहेको छ ।

प्रहरीले फिजिकल टेस्टको लागि बोलाउदा हाइट बढाउन टाउकोमा नक्कली कपाल लगाएर परिक्षा दिन पुगेका उनको चलाखि प्रहरीले समातेको छ । प्रहरी अधिकारीलाई उनीमाथी शंका लागेर कपाल समातेर ताने । प्रहरीले त्यसरी उनको कपाल समातेर तान्दा उनको नक्कली कपाल प्रहरीको हातमा आयो । प्रहरी अधिकारीको हातमा कपाल आउदा उपस्थित सबै अचम्ममा परेका छन् । भर्ती प्रक्रियाका इन्चार्ज रविन्द्र सिंघलले किसन नक्कली कपाल लगाएर फिजिकल टेस्ट दिन आएको र चेक जाँचका क्रममा आफुले उनको चलाखी समातेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *