लिभरपुल बन्यो सर्वाधिक मुल्यवान क्लब

खेलकुद

एजेन्सी काठमाडौं । इङ्लिस क्लब लिभरपुल ट्रान्सफर बजारमा सर्वाधिक मुल्यवान टिम बनेको छ । फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको युरोपको शीर्ष पाँच लिगको सूचीमा लिभरपुल शीर्ष स्थान हात पारेको हो ।लिभरपुलको मूल्य १.४ बिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको मूल्य १.२४ बिलियन रहेको छ ।

सूचीको तेस्रो स्थानमा स्पेनिस क्लब बार्सिलोना, चौंथो स्थानमा रियल मड्रिड र पाँचौंमा चेल्सी रहेको छ ।त्यस्तै म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन (पीएसजी), एट्लेटिको मड्रिड, टोटनहम र युभेन्ट्स क्रमशस् छैटौं देखि दशौँ स्थानमा रहेका छन् ।सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक मूल्यलाई आधार बनाएर सूची निकालेको जनाएको छ ।लिभरपुलको मूल्य १.४ बिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको मूल्य १.२४ बिलियन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *