भारतीय खेलाडीसँग मात्र आईपीएल खेल्नु कुनै अर्थ छैन

खेलकुद

एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा भारतीय खेलाडीमात्र खेल्ने चर्चालाई चेन्नाई सुपर किंग्सले अस्वीकार गरेको छ ।चेन्नाईले भारतीय खेलाडीसँग मत्र आईपीएल खेल्नुको कुनै अर्थ नभएको बताएको छ । यदि भारतीय खेलाडीले मात्र यस सिजनको आईपीएल खेले सैय्यद मुस्ताक अली ट्रफी जस्तो देखिने बताएको छ ।

चेन्नाईका एक अधिकारीले भारतीय खेलाडीलाई मात्र लिएर आईपीएल नखेल्ने बताएको छ । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । किनकि भारतमा यतिबेला कोरोना संक्रमणको अवस्था झन बढ्ने क्रममा छ । त्यसैले यस वर्षको आईपीएल हुनेमा शंका छ ।यदि आईपीएलको आयोजना हुन नसके बीसीसीआईलाई निकै घाटा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *