बन्धनमा बस्न कठिन छ तर शारीरिक रुपमा ठीक छु : मेस्सी

खेलकुद

काठमाडौं । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले कोरोनाभाइरसका कारण बन्धनमा बस्न कठिन भएको बताएका छन् । तर उनले छिटै फुटबलमा फर्कन आफू तयार रहेको बताए ।‘शारीरिक रुपमा म ठीक छु,’ मेस्सीले स्पोर्ट्स र मुन्डो डेपोर्टिभोसँग भनेका छन् ,’म आजकल घरमै ट्रेनिङ गरिरहेको छु र यसले मलाई शेपमा रहन मद्दत गर्छ ।’उनले बन्धन भने कठिन भएको बताए । यो बन्ध धेरै कठिन छ । तर एन्टोनेला र बच्चाहरुसँग भएपछि सबै कुरा ठीक हुन्छ । मेस्सीले आफू परिवारसँग रमाइरहेको बताए ।

मेस्सीले कोरोनाभाइरसले स्थगित भएको अहिलेको फुटबलले फाइदा गर्न सक्ने बताए । यसले हामीलाई केही फाइदा गर्न सक्छ तर यदी प्रतियोगिता सुरु भएपछि हामी हेर्छौँ ।उनले प्रतियोगिता सुरु भएपछि आफ्नो लेभल जाँच गर्न पाइने बताए ।मेस्सीले अहिलेको अवस्थामा ट्रेनिङ गर्नु पहिलो स्टेप रहेको र तर धेरै आत्मविश्वासी हुन नहुने बताए । उनले सबैखाले सावधानी अपनाएर मात्रै क्लज डोरमा खेल सुरु गर्न सकिने बताए ।यस्तै मेस्सीले यसअघि बार्सिलोनाले यस्तै अवस्थामा खेलेमा च्याम्पियन्स लिग जित्न नसकिने समेत बताएका छन् ।

‘मैले टोलीमाथि शंका गरेको होइन । मलाई कुनै शंका छैन हामी बाँकी रहेको ला लिगा र च्याम्पियन्स लिग जित्न सक्छौँ तर अहिले खेलिरहेको जसरी खेलेर होइन,’ मेस्सीले भने ।अहिले सबैको आ-आफ्नै विचार रहेको र त्यो सबै सम्मानजनक नै रहेको उनले बताए । उनले तथ्यको आधारमा आफ्नो विचार बनाएको र हरेक र वर्ष च्याम्पियन्स लिग खेल्न पाउनुमा आफू भाग्यमानी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *