प्रशिक्षणका क्रममा इब्रहिमोभिचलाई खुट्टामा चोट

खेलकुद

एजेन्सी । फुटबल स्टार ज्लाटन इब्राहिमोभिचलाई प्रशिक्षणका क्रममा गहिरो चोट लागेको छ ।डेनका पूर्वस्ट्राइकर इब्राहिमोभिचलाई इटालियन क्लब इन्टर मिलानको प्रशिक्षण खेलका दौरान खुट्टामा चोट लागेको रिपोर्टमा उल्लेख छ । इटालियन सञ्चारमाध्यमका अनुसार यो चोटले उनलाई थप समस्या हुन सक्ने बताइएको छ । ३८ वर्षीय इब्राहिमोभिच डिसेम्बरमा मिलानमा यस सिजनको अन्त्यसम्मका लागि अनुबन्ध भएका थिए ।

उनले आठ सिरी एमा तीन गोल गरेका छन् । तर कोरोना भाइरस महामारीका कारण लिग मार्चमा स्थगित भयो । यसअघि उनले सिजनको अन्त्यमा मिलन छोड्न सक्ने बताइएको थियो । माल्मोबाट आफ्नो व्यवसाहिक करियर सुरू गरेपछि, उनले आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना र पीएसजीजस्ता ठूला क्लबबाट खेले ।

इटाली सरकारले बिहीबार सिरि ए फुटबल सुरु हुने मितिको घोषणा गर्ने बताएको छ । लिग सुरु गरेर एक महिनाभित्र सक्ने योजना बनाइरहेका बेला उनी चोटग्रस्त बनेका छन् । जसको असर क्लबलाई पर्ने प्रस्ट देखिन्छ । सिरी एका ला क्लबहरू सामूहिक प्रशिक्षणमा फर्किसकेका छन् । लिगलाई जुन १३ वा २० बाट सुरु गर्ने भन्ने सम्भावित मितिमा छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *