बालोन डि’ओर जित्‍न हतार छैन : एमबाप्पे

खेलकुद

एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार स्ट्राइकर केलियन एमबाप्पे बालोन डि’ओर जित्न चाहन्छन् । तर, बालोन डि’ओर जित्न त्यति सजिलो भने छैन ।२१ वर्षीय एमबाप्पे पछिल्लो समय विश्वको सर्वश्रेष्ठ खेलाडीमध्ये एक मानिन्छन् । उनलाई विश्वको प्रतिष्ठित अवार्डको भविष्यको विजेता समेत मानिएको छ । तर, बालोन डि’ओरमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले प्रभुत्व जमाएका छन । जसले २००८ पछि संयुक्त रूपमा ११ पटक जिते ।

एमबाप्पेले बालोन डि’ओर आफूले चाहेको अवार्ड भए पनि त्यसका लागि हतारमा नभएको प्रतिक्रिया दिए । “बालोन डि’ओर जित्नु मेरो सपना हो । तर यो त्यस्तो कुरा होइन जो मलाई राता–रात मिल्न सक्छ,” एमबाप्पेले मिररसँग भने, “मलाई लाग्दैन कि मैले बालोन डि’ओर यस सिजन वा अर्को सिजन जित्नै पर्छ । मैले यसक लागि समय सिमा तोकेको छैन् ।”२१ वर्षको उमेरमै एमबाप्पेले चारपटक फ्रान्सेली लिग वान र एक विश्वकप उपाधि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *