खाली रंगशालामा खेल्ने कुरा अजीब लागिरहेको छ – मेसी

स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले आफू मैदान फर्कनका लागि आतुर रहेको बताएका छन्। तर खाली रंगशालामा खेल्नु पर्ने क्षण अजीब हुने उनको भनाइ छ।कोरोना भाइरसका कारण स्पेनिस ला लिगा अनिश्चितकालका लागि स्थगित भए पनि मेसी दुई साताअघि अभ्यासमा फर्किएका थिए। ला लिगा जुन १२ देखि सुचारू गर्ने तयारी गरिएको छ।’हामीले यो वर्ष […]

Continue Reading

बालोन डि’ओर जित्‍न हतार छैन : एमबाप्पे

एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार स्ट्राइकर केलियन एमबाप्पे बालोन डि’ओर जित्न चाहन्छन् । तर, बालोन डि’ओर जित्न त्यति सजिलो भने छैन ।२१ वर्षीय एमबाप्पे पछिल्लो समय विश्वको सर्वश्रेष्ठ खेलाडीमध्ये एक मानिन्छन् । उनलाई विश्वको प्रतिष्ठित अवार्डको भविष्यको विजेता समेत मानिएको छ । तर, बालोन डि’ओरमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले प्रभुत्व […]

Continue Reading

प्रशिक्षणका क्रममा इब्रहिमोभिचलाई खुट्टामा चोट

एजेन्सी । फुटबल स्टार ज्लाटन इब्राहिमोभिचलाई प्रशिक्षणका क्रममा गहिरो चोट लागेको छ ।डेनका पूर्वस्ट्राइकर इब्राहिमोभिचलाई इटालियन क्लब इन्टर मिलानको प्रशिक्षण खेलका दौरान खुट्टामा चोट लागेको रिपोर्टमा उल्लेख छ । इटालियन सञ्चारमाध्यमका अनुसार यो चोटले उनलाई थप समस्या हुन सक्ने बताइएको छ । ३८ वर्षीय इब्राहिमोभिच डिसेम्बरमा मिलानमा यस सिजनको अन्त्यसम्मका लागि अनुबन्ध भएका थिए । […]

Continue Reading

दशरथ रंगशाला क्वारेन्टिनका लागि नदिन माग

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालाको मैदानलाई क्वारेन्टिन बनाउन नहुने बताएका छन्।सरकारले कोरोना भाइरसको संक्रमण खतरा न्यूनिकरणका लागि दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन बनाउने चर्चा चलेपछि अध्यक्ष शेर्पाले त्यसलाई नराम्रो खबर भनेका छन्।सरकारले विदेशमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउनु अघि विभिन्न स्थानमा क्वारेन्टिन स्थापना गर्नका लागि काम गरिरहेको छ।’दशरथ रंगशालामा छिर्दै […]

Continue Reading

कोहलीले गरे पत्नीको प्रशंसा, भन्छन्- उनी नभए बायोपिक खेल्दिनँ

भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो बायोपिकमा काम गर्न तयार रहेको बताएका छन्। तर, उनको एक सर्त छ- पत्नी अनुश्का शर्मा पनि फिल्ममा उनको साथमा काम गर्ने।कोहलीले भारतीय फुटबल टिममा कप्तान सुनिल क्षेत्रीसँग इन्स्टाग्राम लाइभको भिडियो च्याटमा यस्तो बताएका हुन्।अनलाइन कुराकानीमा विराटले जिन्दगीसँग जोडिएका धेरै रहस्यबारे कुरा गरे। विराटले भने, “आज जस्तो छु […]

Continue Reading

बन्धनमा बस्न कठिन छ तर शारीरिक रुपमा ठीक छु : मेस्सी

काठमाडौं । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले कोरोनाभाइरसका कारण बन्धनमा बस्न कठिन भएको बताएका छन् । तर उनले छिटै फुटबलमा फर्कन आफू तयार रहेको बताए ।‘शारीरिक रुपमा म ठीक छु,’ मेस्सीले स्पोर्ट्स र मुन्डो डेपोर्टिभोसँग भनेका छन् ,’म आजकल घरमै ट्रेनिङ गरिरहेको छु र यसले मलाई शेपमा रहन मद्दत गर्छ ।’उनले बन्धन भने कठिन भएको बताए । […]

Continue Reading

विश्वकप अघि र पछि खेलाडीलाई आइसोलेसनमा राख्नुपर्छ -फाफ डु प्लेसि

एजेन्सी । दक्षिण अफ्रिका क्रिकेट टिमका पूर्वकप्तान फाफ डु प्लेसिसले टी–ट्वान्टी विश्वकप अघि र पछि खेलाडीहरूलाई आइसोलेसनमा राख्नुपर्ने बताएका छन् ।उनले कोरोना महामारीबीच अस्ट्रेलियामा तय भएको टी–ट्वान्टी विश्वकपका खेलाडीले प्रतियोगिताअघि र पछि दुई साता आइसोलेसनमा राख्नुपर्ने सुझाएका हुन् । “मलाई एकिन थाहा छैन । तर, धेरै देशका लागि यो यात्रा एक मुद्दा बन्न सक्छ । […]

Continue Reading

भारतीय खेलाडीसँग मात्र आईपीएल खेल्नु कुनै अर्थ छैन

एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा भारतीय खेलाडीमात्र खेल्ने चर्चालाई चेन्नाई सुपर किंग्सले अस्वीकार गरेको छ ।चेन्नाईले भारतीय खेलाडीसँग मत्र आईपीएल खेल्नुको कुनै अर्थ नभएको बताएको छ । यदि भारतीय खेलाडीले मात्र यस सिजनको आईपीएल खेले सैय्यद मुस्ताक अली ट्रफी जस्तो देखिने बताएको छ । चेन्नाईका […]

Continue Reading

छोटो समयमा सम्पन्न गर्ने गरी आईपीएलको तयारी सुरु

नयाँ दिल्ली , २८ बैशाख । भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएलको आयोजना बारे तयारी सुरु भएको हो ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल खेलाउदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ । भारतीय सञ्चार माध्यमका अनुसार आईपीएलको […]

Continue Reading

निर्माणाधिन खेलकुद पूर्वाधार प्राथमिकतामा

आगामी आर्थिक वर्षको बजेटले निर्माणाधिन खेलकुद पूर्वाधार सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधिन खेलकुद पूर्वाधारलाई प्राथमिकता दिइने बताएका हुन्।’खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै यस क्षेत्रको समग्र विकास गरिनेछ,’ उनले भने,’खेलकुदका निर्माणधिन राष्ट्रिय र क्षेत्रीय स्तरका ठूला पूर्वाधार सम्पन्न […]

Continue Reading